Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली सेयर बजार : कागको पछि दौडने कि कान छाम्ने

बुधबार, ०८ कार्तिक २०७४, १३ : २१ मा प्रकाशित

नेपाली सेयर बजार :  कागको पछि दौडने कि कान छाम्ने

अर्थ संसार, काठमाडौँ – बजार तल छ । जुनसुकै बेला पनि कारोबार बढ्ने र घट्ने हुन जान्छ । यस्तो बेला सेयरमा लगानी गर्ने वा नगर्ने भन्नेमा तपाई दुविधा हुनुहुन्छ होला । तर धन्दा नमान्नुस जोखिम मोल्ने नै यस्तै बेला हो । तपाइले जोखिम मोल्न सक्नु भए मात्रै सफल हुन सक्नु हुन्छ ।

गत दसैको समयमा एभरेष्ट बैंकको सेयर अक्सन गर्ने मध्ये केही लगानीकर्ता एकै झट्कामा करोडपति भए ।

संसारमा जो मानिस सफल भएका छन् तिनले कुनै न कुनै समयमा जोखिम मोलेकै हुन्छन् । तपाईलाई पनि बजार तरल भएकै बेला जोखिम मोलन सक्नुहुन्छ । तर तपाईले त्यस्तो कदम उठाउँदा भने बजारको राम्रो व्शिलेषण गर्नु र कुन कम्पनीको कस्तो सेयर खरिद गर्दै छु भन्ने कुरा ख्याल गर्नु ।

गत दसैको समयमा एभरेष्ट बैंकको सेयर अक्सन गर्ने मध्ये केही लगानीकर्ता एकै झट्कामा करोडपति भए । तर धेरैले एभरेष्ट बैंकको उक्त अक्सनलाई पत्याएका थिएनन् । तर जसले पत्याए र लगानी गरे, तिनले लगानी गरे, तिनलाई भनृे राम्रै फाइदा भयो ।

यतिखेर बजार तरल छ । यस्तो अवस्थामा अक के गर्ने त तपाईको दिमागमा यस्तै प्शन सल्बलाइरहेको होला । यस्तो अवस्थामा तपाईले धैर्यतापूर्व बजार नियाल्नुस । शिकारी बाघले शिकार हेरे जसरी नै नियाल्नुस । तपाईले यस्तो ध्यान दिनुस् कि तपाईको एक निर्णयमा राता रात तपाईलाई सफलताको शिखरमा लैजाओस् ।

जान्ने लगानीकर्ताले भने बजार तरल भएकै अवस्थामा बाजी मार्ने हो । निर्वाचनको माहोल बनेको छ । तर पनि राजनीति तरल छ । यस्तो अवस्थामा बजार तल माथि त भइहाल्छ । पछिल्ला दिनमा एनआइसी एसिया बैंकको स्वीफ्ट ह्याक भएपछि बैंक तथा वित्तिय क्षेत्रमा एक प्रकारको आशंका र सन्त्राष फैलिएको छ ।

मंगलबार सम्पन्न नेपाल इन्भेस्ट बैंकको वार्षिक साधारणसभामा समेत सो विषयले प्रवेश पायो । यस्तो अवस्थामा राम्रा बैंक तथा वित्तिय संस्थाको सेयरमा लगानी गर्नु नै तपाईका लागि उत्तम विकल्प हुन सक्छ ।

तपाईले ध्यान दिएर त्यस्ता बैंक तथा वित्तिय संस्थाको सेयरमा लगानी गर्नुभयो भने तपाईको सफलताको ढोका खुल्न सक्छ । तपाईले उत्पादन समूहको सेयरमा पनि लगानी गर्न सक्नुहुन्छ ।

आगामी मंसिर १० र २१ गतेको निर्वाचन पछि मुलुक राजनीतिक स्थिरताको दिशामा अगाडि बढ्ने छ । मुलक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने देखिन्छ । यस्तो सम्भावना देखिएकाले पनि हाल बजार तरल हुँदा केही फरक पदैृन । बजार घट्न नयाँ लगानीकर्ताका लागि अवसर हो । यो अवसरलाई राम्रोसँग सदुपयोग गर्नुभयो भने तपाई शतप्रतिशत सफल हुन सक्नुहन्छ ।

बजार घट्यो भनेर तपाई निराश हुनु आवश्यक छैन । किनकी बजारमा अनेकन हल्ला हुन्छन् र अनेकन आशंका र अडकलबाजी पनि हुन्छ । हल्लाको पछाडि दौड्ने कि तपाईले आफै विश्लेषण गर्ने त्यो विषय नै प्रमुख विषय हो । तपाई कागले कान लग्यो भनेर दौड्ने कि कान छाप्ने । त्यो तपाईको आफ्नो निर्णयमा भर पर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको