Like us!
Follow us!
Connect us!
Watch us!

हिजो बरामद भएको सुनमा मेरो संलग्नता भन्ने समाचार कपोकल्पित हो, माफी नमागे कानूनी उपचार खोज्छु: दीपक मल्होत्रा (विज्ञप्तिसहित)

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १३ : ४६ मा प्रकाशित

हिजो बरामद भएको सुनमा मेरो संलग्नता भन्ने समाचार कपोकल्पित हो, माफी नमागे कानूनी उपचार खोज्छु: दीपक मल्होत्रा (विज्ञप्तिसहित)

व्यवसायी दीपक कुमार मलहोत्राले हिजो (बुधबार) साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको अनुमानित १०० किलो सुनमा आफ्नो संलग्नता भनेर आएको समाचारलाई लिएर आपत्ति जनाएका छन् । मल्होत्राले आज पत्रकार सम्मेलन गरेर यस्तो बताएका आफूमाथि लागेको आरोप कपोकल्पित रहेको बताएका हुन् । उक्त समाचार कपोकल्पित, भ्रामक र तथ्यविनाको रहेको उनकोको दाबी छ । 

उनले आफ्नोबारेमा गलत समाचार लेख्ने मिडिया र पत्रकारले माफी नमागे र खण्डन प्रकाशन नगरे कानूनी उपचारमा जाने पनि चेतावनी दिएका छन् । 

मल्होत्राले आफूले गर्ने सबै कारोबारहरु संगठित संस्थामार्फत् हुने भएकोले प्रचलित कानूनबमोजि व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरणमार्फत सम्बद्ध सरकारी निकायमा पेश भई जानकारी हुने गरेको पनि स्मरण गराएका छन् ।

‘नयाँ पत्रिका’ मा भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट बरामद भएकोसम्बन्धी एक समाचारमा मेरो तस्वीरसहित त्यसमा मेरो संलग्नता रहेको भन्ने कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग उल्लेख गरिएको विषयमा मैले यो पत्रकार सम्मेलन आयोजना गरेको हुँ । समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसंग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘म र मेरो परिवारका सबै सदस्यहरूको व्यवसायिक कारोवारहरु नेपाल कानून वमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको छ । मैले गर्ने सबै कारोबारहरु संगठित संस्था मार्फत हुने भएकोले प्रचलित कानून वमोजिम मेरो व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरण मार्फत सम्बद्ध सरकारी निकायमा पेश भई जानकारी हुने गर्दछ । म र मेरो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवं परोक्ष रूपमा अन्य व्यक्तिसंग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोवार गर्ने गरेको छैन । म र मेरो परिवारको कारोबार, आय सबै कानून बमोजिम अभिलेखबद्ध, पारदर्शी भई कानून बमोजिम पेश हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन् ।’

जारी विज्ञप्तिमा भनिएको छ ‘नयाँ पत्रिकामा प्रकाशित समाचारमा भनिएजस्तो त्यो सुन आयात गर्न मसम्बद्ध व्यापारिक प्रतिष्ठान एवं मेरो व्यक्तिगत सम्पत्तिबाट, कुनै पनि माध्यमबाट भुक्तानी पठाउने कार्य भए गरेको छैन । साथै उक्त वस्तु आयातमा म, मेरो परिवार में सम्बद्ध व्यापारिक प्रतिष्ठान वा सोसंग सम्बद्ध अन्य कुनै साझेदार एवं कर्मचारीको नाउंमा आयात गरिएको र उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा म, मेरो नातेदार एवं मसम्बद्ध व्यवसायिक निकायको कुनै संलग्नता नभएको स्पष्ट पार्न चाहन्छु । पत्रिकामा नाम उल्लेख गरिएका अन्य कुनै पनि व्यक्तिसंग मेरो कारोबार र सम्बन्ध हुनु त परेको कुरा, चिनजानसमेत छैन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको