Like us!
Follow us!
Connect us!
Watch us!

६ गुणासम्म बढ्यो काठमाडौंमा जग्गाको मूल्याङ्कन

शुक्रबार, १० कार्तिक २०७४, ०७ : ५१ मा प्रकाशित

६ गुणासम्म बढ्यो काठमाडौंमा जग्गाको मूल्याङ्कन

अर्थ संसार, काठमाडौं – काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ का लागि जग्गाको मूल्याङ्कन दर ६ गुणासम्म बढाएको छ ।

महानगरपालिकाले महानगरभित्रका ३२ ओटै वडामा जग्गाको नयाँ मूल्याङ्कन ताकेको हो । आर्थिक वर्ष २०६४र६५ देखि २०७३/७४ सम्म एउटै कायम रहेको जग्गाको मूल्याङ्कन दर गत असार ३१ गते काठमाडौं महानगरपालिको नगरसभाले परिमार्जन गरेको हो ।

नयाँ मूल्याङ्कनअनुसार सबैभन्दा कम मूल्य भएको जग्गा वडा नम्बर १५ मा छ, जसको सरकारी मूल्य प्रतिरोपनी २७ लाख ४५ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, जग्गाको मूल्याङ्कन सबैभन्दा धेरै हुनेमा वडा नम्बर १, ११, २२/ २७ रहेका छन् । यी क्षेत्रमा १ रोपनी जग्गाको सरकारी मूल्याङ्कन ३ करोड रुपैयाँसम्म तोकिएको छ ।

59f29575a813f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको