Like us!
Follow us!
Connect us!
Watch us!

पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा, यस्तो छ कारण

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, १४ : ५६ मा प्रकाशित

पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा, यस्तो छ कारण

सीबी लामा अध्यक्ष रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । आइतबार नै मन्त्रालयले समस्याग्रस्त घोषणाको जानकारी गराउँदै सहकारीको व्यवस्थापन समितिलाई पत्राचार गरिसकेको छ ।

सेयर सदस्य बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि गत फागुन २९ गते नै सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । पटक पटकको निर्देशनपछि पनि संस्थाले बचतकर्ताको बचत रकम फिर्ता नगरेपछि विभागले अध्यक्ष सीबी लामासहित संस्थाका सञ्चालकहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई समेत जेठ १९ गते पत्राचार गरेको छ । 

सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार मन्त्रिस्तरीय निर्णयले  समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको