Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पौडेलबाट मुलुकी संहितासम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, १६ : १० मा प्रकाशित

राष्ट्रपति पौडेलबाट मुलुकी संहितासम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन्। मिटरब्याज सम्बन्धी समस्या समाधानका लागि संघीय संसदको दुवै सदनबाट पास भई शीतल निवासमा पुगेको विधेयक राष्ट्रपति पौडेलले आज (शुक्रबार) प्रमाणीकरण गरेका हुन् । 

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयकले ऐनको रुप लिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको