Like us!
Follow us!
Connect us!
Watch us!

ओलीसँग अब इन्स्टाग्राममा जोडिन सक्नुहुनेछ, ‘केपी बा’ इन्स्टाग्राममा फलो गर्नुस् ल’

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, १६ : २० मा प्रकाशित

ओलीसँग अब इन्स्टाग्राममा जोडिन सक्नुहुनेछ, ‘केपी बा’ इन्स्टाग्राममा फलो गर्नुस् ल’

आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका नेता अर्को अर्थमा भन्नु पर्दा राजनेताका रुपमा परिचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामाजिक सञ्जालहरुमा पनि सक्रिय छन् । ओली सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युब हुदै इन्स्ट्राग्राममासमेत सक्रिय रहेका छन् ।

ओलीले आज (शुक्रबार) आफ्नो ‘केपी बा’ नामको इन्स्ट्राग्राममा फलो गर्न आग्रह गरेका छन् । शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको बताउँदै उनले सो सञ्जालमा आफूलाई फलो गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्–‘तपाईँले जानेको ज्ञान अरूसम्म प्रसारित गर्नुहोस् । ज्ञान प्रसारण गरेर घट्दैन । यसलाई जति बाँड्यो त्यति बढ्छ । जति सञ्चित ग¥यो त्यति नोक्सान हुन्छ । म आफूले आर्जन गरेको ज्ञान घट्दै गएर समाप्त भएको हेर्न रुचाउँदिनँ । म आफ्नो ज्ञानलाई सकेसम्म धेरै ठाउँमा पुर्याउन चाहन्छु र यसमा प्रयासरत पनि छु । यसैकारण मैले मेरो इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको छु । मलाई इन्स्टाग्राममा फलो गर्नुहोस् ल ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको