प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनपछि अर्थतन्त्रमा सुधार आएको बताएका छन् ।
आजदेखि च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको ८औं बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र संकल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको र अर्थतन्त्रमा सुधार आएको बताए।
बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठे लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ३५७ केन्द्रीय सदस्य, ७ प्रदेशका अध्यक्ष र ४ वटा केन्द्रीय आयोगका प्रमुख बैठकमा सहभागी छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस