Like us!
Follow us!
Connect us!
Watch us!

म्यानमारमा चौथो पटक लम्बियो आपतकाल, नेतृ आङ सान सुकीलाई माफी दिइने

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १३ : ४१ मा प्रकाशित

म्यानमारमा चौथो पटक लम्बियो आपतकाल, नेतृ आङ सान सुकीलाई माफी दिइने

म्यानमारको सैन्य शासनले चौथो पटक देशमा संकटकालको अवधि थप गरेको छ । यो निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै अमेरिकाले म्यानमारमा सैनिक शासनकालमा सिंगो देश हिंसाको चपेटामा परेको आरोप लगाएको छ । यसैबीच म्यानमारको सेनाले जेलमा रहेकी जन नेता आङ सान सुकीलाई माफी दिने घोषणा गरेको छ ।

सन् २०२१ मा म्यानमारको सेनाले त्यहाँको निर्वाचित सरकारलाई ढाल्दै देशमा संकटकाल लगाएको थियो । त्यतिबेला म्यानमारको सेनाले देशका निर्वाचित नेतृ आङ सान सुकी र अन्य वरिष्ठ नेतालाई पक्राउ गरी जेलमा राखेको थियो ।

७८ वर्षीया सुकीलाई विभिन्न मुद्दामा ३३ वर्षको जेल सजाय सुनाइएको छ । फेब्रुअरी १, २०२१ मा, सेनाले एक वर्षको लागि देशमा कू लागू गरेको थियो। अब चौथो पटक फेरि ६ महिना थपिएको छ । यस सैन्य शासनले जन नेता आङ सान सुकीलाई पाँचवटा मुद्दामा जेलमा परेकालाई आममाफी दिने घोषणा गरेको हो । 

अन्य मुद्दामा जेलमा परेकाले अहिले रिहा हुन नसक्ने बताइए पनि बाटो खुलेको देखिन्छ । सन् २०२१ मा म्यानमारमा निर्वाचित सरकारलाई ध्वस्त पारेर सैन्य शासन लागु हुनेबित्तिकै म्यानमारमा हिंसाका घटना बढेका थिए । सेना र सैनिक शासनका विरोधीबीचको द्वन्द्वको मार जनताले बेहोर्नुपरेको छ । 

यस हिंसामा सेनाले सयौं हवाई आक्रमण गरेको छ, हजारौं घरमा आगजनी गरेको छ भने करिब १६ लाख मानिस विस्थापित भएका छन् । अब अमेरिकाले चौथो पटक आपतकाल लम्ब्याएकोमा कडा प्रतिक्रिया दिएको छ ।

म्यानमार सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले म्यानमारमा सैन्य शासनले आपतकालिन अवस्था लम्ब्याएकोमा अमेरिका चिन्तित रहेको बताए । 

सैनिक शासनले देशलाई हिंसा र अस्थिरतातर्फ धकेलिएको छ । अमेरिकाले म्यानमारको वर्तमान शासनले म्यानमारका जनताको लोकतान्त्रिक मूल्यमान्यताको हनन गरिरहेको र म्यानमारको संकट बढ्दै गएको बताएको छ ।-एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको