Like us!
Follow us!
Connect us!
Watch us!

प्रोपर्टी विजार्डमार्फत सेयर कारोबार गर्ने ग्राहकहरुले आईएमई पे वालेटबाट भुक्तानी गर्न सक्ने

अर्थ संसार

सोमबार, २२ साउन २०८०, १५ : ३५ मा प्रकाशित

प्रोपर्टी विजार्डमार्फत सेयर कारोबार गर्ने ग्राहकहरुले आईएमई पे वालेटबाट भुक्तानी गर्न सक्ने

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सेयर ब्रोकर नं ६७ प्रोपर्टी विजार्ड लिमिटेड र आईएमई पे बीच ग्राहकरुलाई भुक्तानी सहजीकरणका लागि सहयोग आदान प्रदान गर्ने सम्झोता भएको छ । 

आज (सोमबार) दुबै कम्पनीवीच भएको सम्झौता पत्रमा प्रोपर्टी विजार्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद वाग्ले र आईएमई डिजिटल सोलुसन्स लिमिटेडका प्रमुख कार्यकारी प्र्रविन रेग्मीले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार प्रोपर्टी विजार्डमार्फत सेयर कारोबार गर्ने ग्राहकरुलाई आईएमई पे वालेटले भुक्तानी आदान प्रदान गर्न वेवसाईट वा मोवाईल एप्लिकेशनको सुरक्षित भुक्तानी सेवा उपलब्ध गराउने छ । 

आईएमई पेले उपलब्ध गराउने सुविधाले सेयर दलाल र ग्राहकहरु दुबैलाई सहज हुने अपेक्षा गरिएको छ । 

प्रोपर्टी विजार्ड हालै धितोपत्र बोर्डबाट स्वीकृति पाई नेप्सेबाट सदस्यता लिएकोे नयाँ दलाल कम्पनीहरु मध्येको एक हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको