Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफले गर्यो IPO निकाल्ने तयारी

मंगलबार, १४ कार्तिक २०७४, ०७ : ४० मा प्रकाशित

युनियन लाइफले गर्यो IPO निकाल्ने तयारी

अर्थ संसार, काठमाडौं– यनियन लाइफ इन्स्योरेन्स कम्पनी लमिटेडले साधारण सेयर (आइपिओ) निकाल्ने तयारी गरेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय, रूपन्देहीमा सम्पन्न सभाले सर्वसाधारणका लागि ६४ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने प्रस्ताव गरेको छ ।

सभाले पारित  साधारण सेयर धितोपत्र बोर्डले स्वीकृत दिएपछि निष्काशन गर्नेछ ।  संस्थापक सेयरधनि समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ सञ्चालकको निर्वाचन समेत गरेको छ ।

निर्वाचित सञ्चालकहरुमा सुलभ अग्रवाल, शेखर गोल्छा, सन्दिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन् । नवनिर्वाचित सञ्चालक समितिको सोमवार बसेको बैठकले सुलभ अग्रवाललाई कम्पनीको सञ्चालक समितिको अध्यक्षको रूपमा सर्वसम्वत चयन गरेको छ ।

कति छ चुक्ता पूँजी

युनियनले नयाँ बानेश्वर, काठमाडौमा कर्पोरेट कार्यालयको स्थापना गरी गत असोज ६ गतेबाट कारोबार शुरू गरेको हो । संस्थापक ७० र सर्वसाधारण तर्फको ३० प्रतिशत सेयर स्वामित्व रहेको युनियनको हाल २ अर्ब १५ करोड चुक्तापूँजी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको