Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको रोजाईमा परेका १० कम्पनी

मंगलबार, १४ कार्तिक २०७४, ०८ : ११ मा प्रकाशित

लगानीकर्ताको रोजाईमा परेका १० कम्पनी

अर्थ संसार, काठमाडौं– सेयरबजारमा सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने र लाभांश पारित गराउन साधारणसभा आह्वान गर्ने क्रम बढेको छ ।

महिनाभर १६ दिन खुलेको सेयरबजार परिसूचक नेप्से ११.२४ अंकले बढेको छ । असोज १ गते १५४७.९४ विन्दुमा रहेको नेप्से असोज ३१ गते १५५९.१८ विन्दुमा पुगेको थियो । असोजको सुरुवातमा १७ खर्ब ९६ अर्बमा रहेको बजार पूँजीकरण समेत बढेर १८ खर्ब ९ अर्ब पुगेको छ ।

असोज महिनाभरको कारोबार हेर्दा लगानीकर्ताको छनौटमा वाणिज्य बैंकहरुको बाहुल्यता देखिएको छ । केही बीमा कम्पनी, जलविद्युत र लघुवित्तको सेयरको माग पनि असोज महिनामा उल्लेख्य भएको देखिन्छ ।

नेप्सेमा सूचिकृत कम्पनीहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गर्ने र चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम थाल्दै गर्दा असोज महिनाको सेयरबजारमा भने सुधार आएको छ ।

असोज महिनाभर कारोबार रकममा आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । यो कम्पनीको २९ करोड २३ लाखको संस्थापक सेयर तथा २४ करोडको साधारण सेयरको किनबेच भएको छ ।

दोस्रो स्थानमा रहेको इन्भेष्टमेन्ट बैंकको २५ करोड ५५ लाखको कारोबार भएको छ । चौथो नम्बरमा रहेको चिलिमेको २३ करोड ९२ लाखको कारोबार भएको छ । त्यस्तै क्रमश डिप्रोक्स लघुवित्त, बैंक अफ काठमाण्डौ, स्ट्यान्डर्ड चार्टर्ड, नागरिक लगानी कोष, एभरेष्ट बैंक र सानिमा बैंक उच्च कारोबार हुने दश कम्पनीमा परेका छन् ।

असोज महिनाभर इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी ३ हजार ७७६ पटक सेयर किनबेच भएको छ । दोस्रो स्थानमा रहेको नेपाल लाइफको २५ सय ७७ पटक सेयर किनबेच भएको छ । हिमालयन पावर, सानिमा बैंक, चिलिमे हाइड्रो लगायतका कम्पनी धेरै पटक सेयर किनबेच हुने कम्पनीमा परेका छन् । दशौं नम्बरमा रहेको एनबि बैंकको १२ सय ११ पटक सेयर किनबेच भएको छ ।

असोज महिनाको लगानीकर्ताको सेयर कारोबारको प्रवृति नियाल्दा पनि लगानीकर्ता कस्ता कम्पनीतर्फ आर्कषित छन् भन्ने आँकलन गर्न सकिन्छ । कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्याको आधारमा लगानीकर्ताको नजरमा अधिकांश मध्यम मूल्य भएका वाणिज्य बैंकहरु परेको देखिन्छ ।

यता कारोबार भएको सेयर संख्याको आधारमा जनता बैंक सबैभन्दा अगाडि देखिएको छ । असोज महिनाभर जनता बैंकको ४ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ ।

बैंक अफ काठमाण्डौको ४ लाख २२ हजार, नेपाल बैंकको चार लाख, सानिमा बैंकको ३ लाख ८९ हजार कित्ता सेयर किनबेच भएका छन् । भने दशौं नम्बरमा रहेको एनबि बैंकको २ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको