Like us!
Follow us!
Connect us!
Watch us!

देउसी खेलेर जम्मा गरेको १ लाख ५० हजार दक्षिणा समाज सेवामा

मंगलबार, १४ कार्तिक २०७४, ०८ : ३७ मा प्रकाशित

देउसी खेलेर जम्मा गरेको १ लाख ५० हजार  दक्षिणा  समाज सेवामा

अर्थ संसार, पथरी, मोरङ– बेलबारीका चार सामाजिक संघसंस्थाले सामूहिक देउसी भैलो खेलेर संकलन गरेको रु एक लाख ५० हजार ७०१ समाज सेवामा प्रदान गरिएको छ ।

बेलबारी जेसिज, लायन्स क्लब बेलबारी, युवा जागरण नेपाल र पत्रकार समूह बेलबारीले सामूहिक देउसी खेलेर संकलन गरेको सो रकमबाट ज्येष्ठ नागरिक समाज, बेलबारीलाई एक थान रेफ्रिजरेटर र नेत्रहीन संघ, मोरङलाई एक थान कम्प्युटर र एकथान प्रिन्टर प्रदान गरेको छ ।

यसअघि सो समूहले देउसीमार्फत संकलन गरेको रु २० हजार बराबरको सामग्री बेलबारी–१ नक्सालबारीका आगलागीपीडित रामबहादुर मगरलाई प्रदान गरिसकेको छ ।

सामग्री खरिद गरी बाँकी रहेको रकम सामाजिक कार्यमा खर्च गरिने कार्यक्रमका संयोजक माधवराज थापाको भनाइ छ ।

उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, नेकपा ९एमाले०का बेलबारी संयोजक इरान राई, नेपाली काँग्रेसका बेलबारी संयोजक शम्भु भट्टराई, ज्येष्ठ नागरिक समाज, बेलबारीका उपाध्यक्ष बमबहादुर बस्नेत, नेत्रहीन संघ मोरङकी उपाध्यक्ष सरिता रसाइलीलगायतले बेलबारीका संस्थाले गरेको यो काम प्रशंसनीय भएको प्रतिक्रिया दिनुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको