Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा लगानी गर्नु भएको छ ? कागज बोकेर हिड्नु भयो भने अब बोनस पाइदैन

मंगलबार, १४ कार्तिक २०७४, १३ : ४३ मा प्रकाशित

सेयरमा लगानी गर्नु भएको छ ?  कागज बोकेर हिड्नु भयो भने अब बोनस पाइदैन

अर्थ संसार, काठमाडौँ – प्रविधिले मासिनलाई सहज बनाइदिएको छ । त्यत्तिकै सेवा पनि दिएको छ । आम मानिसहरु अब काम गर्न सहज मान्दै गएका छन् । विज्ञानले ल्याएको सुविधा कारण परम्परागत तवरलेक ाम गर्न चाहनेहरु अब पछि पर्ने अवस्था देखिएको छ ।

प्रविधिको विकास सँगै सेयर कारोबार गर्न चाहनेले पनि अब लाइनमा गएर बस्नुपर्ने तथा बैंक वित्तिय संस्थामा पुग्नुपर्ने अवस्थाको अन्त्य गरिदिएको छ । घरमै बसेर तपाईले चाहेको कम्पनीको सेयर खरिद तथा बिक्री गर्न सक्ने अवस्था निर्माण भएको छ ।

तर प्रविधिलाई राम्रोसँग बुझ्न नसक्दा  भने लगानीकर्ताको कमजोरीका कारण नै कतिपयले बैंक खातामा नगद लाभांस अनि डिम्याट खातामा बोनस तथा हकप्रद नपाउने अवस्था देखिन थालेको छ । लगानीकर्ताले डिम्याट खाता अनिवार्य रुपमा सञ्चालन गरेर सबै सेयर डिम्याट गराए पटक पटक लाभांस अनि बोनस संकलन गर्न दौडनु पर्ने झण्झटबाट छुटकारा पाएका छन् ।

तर अझै पनि तीनस प्रतिशत लगानीकर्ता भने परम्परागत शैलीमा नै चलीरहेका छन् । उनीहरुले विज्ञान र प्रविधिलाई स्वीकार गरेका छैनन् । पुरातन शैलीमा लाइनमा बसेर नै बोनस अनि लाभांस संकलन गर्छु भन्ने दिन सकिएका छन् । तर उनीहरु अझै पनि लाइनमा बस्न र घन्टौ समय व्यतित गर्न तयार देखिएका छन् । उनीहरुले प्रविधिलाई बुझ्न सकेका छैनन् । जुन अब झन् झन्झटको कारक बनीरहेको छ ।

विगतमा विभिन्न सार्वजनिक कम्पनलिे लाभांस बितरण गर्ने समयमा सेयर बजारमा सुचिकृत कम्पनीहरुले सूचना निकाल्ने गरेका थिए ।

यति मात्र नभई कागजी प्रमाणपत्र बोकेर लगानीकर्ताका बोनस सेयर लिन लाग्ने गरेका थिए । अहिले डिम्याट खाता भएका कारण खातामा नै सबै जानकारी प्राप्त हुने गरेको छ । यसले लगानीकर्तालाई सहज बनाइदिएको छ ।

लगानीकर्ता घरमै बसेर सबै विवषयको जानकारी लिन सक्छन् तर ती प्रतिशत लगानीकर्ता भने प्रविधिलाई प्रयोग गर्न झन्झट मानिरहेका छन् । जुन बानीका कारण साना लगानीकर्ता अझै समस्यामा पर्दै गएका छन् ।

कागजी प्रणाली क्रमशः डिजिटल बन्दै गएको छ । डिजिटल युगमा कागज बोकेर हिडन थालियो भने अब खिल्ली उड्ने अवस्था आएको छ । कतै तपाई पनि अझै कागज बोकेर त हिडिरहनु भएको छैन । त्यसतर्फ आजै ध्यान दिनुस् । जुन तपाईका लागि पनि सहज बन्न सक्छ ।

पछिल्लो पटक  नबिल बैंकले आफ्ना लगानीकर्ताहरुलाई भौतिक रुपमा बोनस तथा लाभांस पूर्जा बितरण नगर्ने सूचना सार्वजनिक गरेको छ । कागज बोकेर हिड्ने लगानीकर्तालाई अब तिमीहरु पनि डिजिटल प्रविधिमा जाऊ होइन भने काम गर्न सकिन्न भन्ने नबिलको घोषणाबाट बुझ्न सकिन्छ ।

बैंकले भौतिक सेयर भएका लगानीकर्तालाई अनिवार्य रुपमा डिम्याट खाता सञ्चालन गरी सेयर अभौतिक गराउन आग्रह गरेको हो । सो घोषणा पछि सेयरधनीले कागजी सेयर प्रमाणपत्र अभौतिक नबनाएसम्म लगानीकर्ताको हातमा बोनस सेयर नपर्ने निश्चित भएको छ । बैंकले गत आर्थिक वर्षमा ३० प्रतिशत बोनस बितरण गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको