Like us!
Follow us!
Connect us!
Watch us!

नियम पालना गर्ने धितोपत्र बोर्डले मातहतका निकायलाई दियो निर्देशन

मंगलबार, १४ कार्तिक २०७४, १७ : २१ मा प्रकाशित

नियम पालना  गर्ने धितोपत्र बोर्डले मातहतका निकायलाई दियो  निर्देशन

अर्थ संसार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफू मातहतका निकायलाई नियम परिपालना पत्र पेस गर्न निर्देशन दिएको छ ।

बोर्डले मंगलबार नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरीङ, धितोपत्र दलाल व्यवसायी र मर्चेन्ट बैंकरलाई नियम परिपालना प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । प्रतिवेदन पेस गर्दा लेखापरिक्षकबाट प्रमाणित समेत गर्न निर्देशन दिएको हो ।

धितोपत्र बजारको विकास र बिस्तारमा नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ साथै अन्य धितोपत्र व्यवसायीको महत्वपूर्ण भूमिका रहने भन्दै बोर्डले धितोपत्र सम्बन्धी ऐन र त्यसअन्तर्गत बनेका नियम विनियम र निर्देशनहरुमा रहेर कामकारवाही गर्न निर्देशन समेत दिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको