Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि नेप्सेमा थपियो माइक्रोफाइनान्स परिसूचक

बुधबार, १५ कार्तिक २०७४, १२ : ५९ मा प्रकाशित

आजदेखि नेप्सेमा थपियो माइक्रोफाइनान्स परिसूचक

अर्थ संसार, काठमाडौं– आजदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा लद्युवित्त परिसूचक थप गरी कारोबार सुरु गरेको छ ।  

नेप्सेले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको लघुवित्त कारोबार गर्ने इजाजत प्राप्त गरेका कम्पनीहरुलाई समावेशगरी लघुवित्तको कारोबार मापन गर्ने परिसूचक थप गरिएको हो ।

नेप्सेका अनुसार यसअघि लघुवित्त कम्पनीहरुको पनि विकास बैंक समूहभित्रै कारोबार मापन हुँदै आएको थियो । साबिकको विकास बैंक समूहमा रहेका ७१ कम्पनीमध्ये अब लघुवित्त समूहमा ३३ वित्तीय संस्थाहरुलाई रहनेछ ।

यसबाट बजारको अवस्थाका सम्बन्धमा सरोकारवालाहरुले थप सूचना प्राप्त गर्ने विश्वास नेप्सेको छ ।

 

59f97497c7392.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको