Like us!
Follow us!
Connect us!
Watch us!

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

बुधबार, १५ कार्तिक २०७४, १६ : ०८ मा प्रकाशित

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

अर्थ संसार, पोखरा– मुस्ताङका कृषकले यस वर्ष रु ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगँैचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । 

थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो रु १०० तोकिएको थियो । 

स्याउको पूmलपूmल्ने बेलामा जिल्लामा हिउँ परेको र कृषकले उत्पादन क्षेत्र बढाउँदै लगेका कारण गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा झण्डै १६ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत शिव पुजन गुप्ताले जानकारी दिनुभयो । 

यस वर्ष जिल्लामा पाँच हजार ३०० मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको छ । मुस्ताङमा कृषकले यस वर्ष ४१५ हेक्टर क्षेत्रफलमा स्याउ लगाएका थिए । गत वर्ष जिल्लामा चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको गुप्ताले बताउनुभयो । 

टुकुचे, मार्फा, कागबेनी, छुसाङ, मुक्तिनाथ, जोमसोम, झोङ, घमी, चतान, खुर्साङ र कोवाङमा स्याउ उत्पादन हुने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको