Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले लगानीकर्तालाई विश्वासमा लिन नसक्दा घट्यो सेयर बजार

बुधबार, १५ कार्तिक २०७४, १६ : ५५ मा प्रकाशित

सरकारले लगानीकर्तालाई विश्वासमा लिन नसक्दा घट्यो सेयर बजार

अर्थ संसार, काठमाडौँ नेपाली काँग्रेसका सभापति शेरबहादुर नेतृत्वको सरकारले लगानीकर्तालार्ई विश्वासमा लिन नसक्दा पछिल्लो दिनमा सेयर बजार एक पछि अर्को गर्दै घटेको छ ।

नेपाली काँग्रेसले मंगलबार सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभाको  घोषणापत्रमा वामपन्थी गठबन्धनलाई अपराधी करार गर्दै राजनीतिक नैतिकता समेत बिसिर्एपछि  सेयर बजार ओरालो लागेको हो ।
सरकारको गतिविधिकै कारण बजार ओरालो लागेको विश्लेषकहरुले जनाएका छन् ।

आइतारदेखि सुरु भएको शेयर बजारको गिरावटले यो साताको चौथो दिन आजसम्म पनि निरन्तर नै रहेको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ७.०२ अंकले घटेर १५२६.५१ अंकमा ओर्लिएको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८५ अंकले घटेर ३२०.५३ अंकमा झरेको छ ।

पछिल्लो समय बजारको ‘सेन्टिमेन्ट हेर्दा घट्ने तर्फ देखिएको छ । बैंक वित्तीय संस्थाले अहिले पनि सहज रुपमा पैसा उपलब्ध गराउन नसक्नु, पूँजी वृद्धिका लागि निष्कासन गरेका हकप्रद र बोनस बजारमा सूचीकृत भएका कारण शेयरको आपूर्ति बढेको बताइन्छ ।

शेयरमा लगानी गरेर मुनाफा कमाउने स्थिति नहुँदा लगानीकर्ताले शेयर खरिद गर्न रुची नदेखाएको पनि बताइन्छ ।
आज १५९ कम्पनीका १० लाख ३१ हजार कित्ता शेयर रु ४२ करोड २६ लाख रुपैयाँमा खरिद बिक्रि भयो । जसमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर रु तीन करोड १० लाखमा किनबेच भएको छ ।

दुई उपसूचक बढे पनि बजारको गिरावटलाई बुधबार रोक्न सकेनन्। बैंक ६.४७, होटल ९.६१, विकास बैंक १३.४१, जलबिद्युत ६.८६, फाइनान्स ३.८८, बीमा ४९.७ र लघुवित्त समुह १२.९३ अंकले घटेका छन् । उत्पादन मुलक २३.४८ र अन्य ०.५८ उपसूचक भने अंकले बढेको छ । लघुवित्त समूह भने आजबाट सूचीकृत गरिएको उपसमूह हो ।
 
बुधबार सबैभन्दा बढी मल्टी पर्पोज फाइनान्सका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन ्। सबैभन्दा बढी भार्गभ विकास बैंकका शेयर धनीले आठ प्रतिशत गुमाएको स्टकले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको