Like us!
Follow us!
Connect us!
Watch us!

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले मनायो रजत जयन्ती

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, २१ : ४० मा प्रकाशित

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले मनायो रजत जयन्ती

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले आफ्नो २५ औं बर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाएको छ । २५ वर्ष अगाडी सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दिर्घकालिन सोच बनाएको थियो । आईटीमा स्नातकोत्तर सम्म अध्ययन हुने फाउन्डेशनबाट अहिले सम्म १२ हजार भन्दा बढी विद्यार्थी दिक्षीत भईसकेका छन । फाउन्डेशनले स्थापना कालदेखि नै सवैका लागि शिक्षा नीति अंगिकार गर्दै आएको छ ।

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विगतमा १० हजार महिलालाई निशुल्क कम्प्युटर तालिम र अहिले सातै प्रदेशमा एक एक जना किशोरीलाई प्रत्येक वर्ष निशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ । भरपर्दो र गुणस्तरीय प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरेर फाउन्डेशनले स्नातक र स्नातकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृत समेत गर्दै लगेको छ ।

रजत जयन्तीका अवसरमा फाउन्डेसनमा २ दशक देखि संलग्न रहँदै आएका ९ जनालाई उपराष्ट्रपति रामशहाय प्रसाद यादवले सम्मान गरेका छन् । रजत जयन्तीका अवसरमा उपराष्ट्रपति यादवले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउन्डेसनको प्रशंसासमेत गरेका छन् ।

‘मुलुक डिजिटल युगमा प्रवेश गरीसकेको छ र हाम्रो भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको छ,’ उनले भने, ‘पछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगती हासिल पनि भएका छन । नेपालको पहिलो आईटी कलेज भएकाले पनि सूचना प्रविधिको विकासमा निजी क्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेशन फाण्डेशनले खेलेको भूमिका अतुलनीय छ । ’

यस्तै समारोहमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले शिक्षा मार्फत महिला सशक्तीकरणमा पनि महत्वपुर्ण योगदान गरेको बताईन् । फाउण्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउ“दै भन्ने सरकारको नीतिलाई व्यवहारिक कार्यन्वयन गर्न सफल भएको बताए । नेपालमा दक्ष जनशक्ती उत्पादन गरेर युवाहरुलाई विदेशिनबाट रोक्ने आफ्नो उद्देश्य रहेको उनको भनाई छ ।

रजत जयन्तीका अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले दिएका थिए । फाउण्डेशनको रजत जयन्तीका अवसरमा मलेसियाको एसिया प्यासिफक विश्वविद्यालयका प्रमुख दतुक परमजीत सिंहले पनि सफलताको शुभकामना दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको