Like us!
Follow us!
Connect us!
Watch us!

हुन्डाई एक्सट्र सार्वजनिक: चाँडै बुकिङ खुल्ला हुने

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, ०८ : २७ मा प्रकाशित

हुन्डाई एक्सट्र सार्वजनिक: चाँडै बुकिङ खुल्ला हुने

 नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकण्टिनेन्टलले भृकुटीमण्डप मा सञ्चालन भइरहेको नाडा अटोशो २०२३ मा हिजो अर्थमन्त्री  प्रकाश शरण महत बाट अनावरण गरिएको SX भेरियन्टको  Hyundai EXTER -SUV अब चाँडै नै अरु भेरियन्ट सहित बिक्री वितरण सुरु गर्ने जनाएको छ।

Hyundai EXTER ५ सिटर कम्प्याक्ट एसयूभी हो जुन कम्पनीको मोडेल लाइनअपमा पहिलो SUV रहनेछ। कम्पनी ले E, S,SX,SX(O)  गरी चार भेरियन्टमा  Hyundai EXTER ल्याउने छ।

Hyundai EXTER मा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।

Hyundai EXTER मा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाएको छ ।बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, H आकारमा आकर्षक DRLs दिइएको छ । १ सय ८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको