Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा चोरी गरेको १ करोड सहित ९ नेपाली पक्राउ

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, १३ : १४ मा प्रकाशित

भारतमा चोरी गरेको  १ करोड सहित ९ नेपाली पक्राउ

भारतमा एक करोड रुपैयाँ चोरी गरेर  गरेर नेपाल छिर्न  लागेका ९ जना नेपाली भारतमा पक्राउ परेका छन् ।  कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सिमाना जोडिएको भारतको पिलिभित  जिल्लाको सम्पूर्ण नगर क्षेत्रबाट ९ जना नेपालीलाई उक्त रकमसहित पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सोमबार राति दिल्लीबाट उनीहरू पैसा चोरेर ल्याउँदै थिए । नेपाल छिर्ने क्रममा मङ्गलवार राति पक्राउ परेको प्रहरीले जनाएको छ । हालसम्म उनीहरूको परिचय गोप्य राखिएको छ । 

यसबारे भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्रलाई विस्तृत विवरण दिएको छैन ।सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेको बताए । प्रहरी नियन्त्रणमा रहेका ९ जना नेपाली माथि छानबिन भएको प्रहरी श्रोतको भनाई छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको