Like us!
Follow us!
Connect us!
Watch us!

सिडिओसँग चिकित्सकको गुनासै उपचार गरे बापत कहिलेसम्म पिटाइ खानु पर्ने हो ?

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, १३ : ४२ मा प्रकाशित

सिडिओसँग चिकित्सकको गुनासै उपचार गरे बापत कहिलेसम्म पिटाइ खानु पर्ने हो ?

बुधवारका दिन हेटौँडाको एक निजी अस्पतालमा २ चिकित्सकमाथि भएको हातपातको घटनालाई लिएर मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाई र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालरिजालसँगको छलफलमा चिकित्सकहरूले राज्यबाट सुरक्षाको प्रत्याभूति प्राप्त गर्न नसकेको गुनासो गरेका हुन्।

हेटौँडाका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी सेढाई  र प्रहरी उपरीक्षक रिजालकै  अगाडि सुरक्षाको माग नभएको भन्दै सुरक्षाको माग गरेका छन् । सुरक्षा प्रत्याभूति नभएको भन्दै सहज अवस्था निर्माण हुन नसके चरणबद्ध रूपमा आन्दोलनमा उत्रिने बताएका छन् ।

 हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले कानुनी राज्यको पालना गराउन गृह प्रशासन कमजोर बनेको आरोप लगाएका छन् । उनले जिल्लामा कार्यरत चिकित्सकहरूलाई गृह प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताएका हुन । उनले नागरिकहरूको उपचार गरे बापत चिकित्सकहरूले कहिलेसम्म पिटाइ खानु पर्ने हो ? भन्दै प्रश्नसमेत गरेका हुन । 

बुधवार हेटौँडा–१, भिन्तुनापथ  स्थित सन्चो अस्पतालमा २ चिकित्सक माथि हातपात भएको घटनाको भिडियो समेत सार्वजनिक हुँदासम्म सुरक्षा निकाय निरीह बनेको उनले बताए  । उनले चिकित्सक माथि हातपात गर्ने सबैलाई कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको माग गरेका छन् । अन्यथा सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरू आन्दोलनमा उत्रिने बाध्य हुने उनले बताए ।

छलफलमा उपस्थित भएका चिकित्सक, निजी अस्पताल सञ्चालक, औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीले २४ घण्टाभित्र घटनामा संलग्नलाई हदैसम्मको कारबाही नभए सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । मेडिकल सुपरिटेन्डेन्ट डा। सापकोटाले अस्पतालमा कार्यरत चिकित्सकहरूले शान्ति सुरक्षा र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा दिएको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको