Like us!
Follow us!
Connect us!
Watch us!

प्रमको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य यथावत्

विहीबार, १६ कार्तिक २०७४, १५ : ४० मा प्रकाशित

प्रमको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य यथावत्

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।

प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिनुभएपछि निगम सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको निगमले जनाएको छ ।

निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार बुधबार रातिदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५, पेट्रोलमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

सरकारको निर्देशनपछि वृद्धि भएको मूल्य फिर्ता गरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको