Like us!
Follow us!
Connect us!
Watch us!

अर्को सम्झौता नहुन्जेल विकास कोषले गर्‍यो पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, १६ : २१ मा प्रकाशित

अर्को सम्झौता नहुन्जेल  विकास कोषले गर्‍यो पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ । पार्किङ सम्झौता रद्द गरी उक्त पार्किङ स्थल आजबाट विकास कोषले आफ्नो मातहतमा लिएको विकास कोषले जनाएको छ ।

उनका अनुसार उक्त प्रालिले सवारी पार्किङ सञ्चालनबापत कोषलाई तिर्नुपर्ने पुरानो ४० लाख रुपैयाँ बढी रकम समयमै भुक्तान नगरेका कारण सम्झौता रद्द गरिएको हो।पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्त्व इन्भेस्टमेन्ट प्रालिले  पाएको भए पनि सम्झौताअनुसारको काम तथा समयमै बक्यौता रकम तीर्न  नसकेका कारण उक्त सम्झौता रद्द गरिएको छ ।

भदौ २१ गतेको सञ्चालक परिषद् बैठकले पार्किङ सम्झौता रद्द गर्ने निर्णय गरेको हो, आजदेखि हामीले उक्त पार्किङ स्थल आफ्नो जिम्मा लिएका छौँ, अर्को टेन्डर प्रक्रिया नहुन्ज्यालसम्म हाललाई निःशुल्क पार्किङ गरिएको छ।”

उक्त कम्पनीले पशुपति क्षेत्रभित्र रहेको सवारी पार्किङ स्थल सञ्चालन गरेबापत विकास कोषलाई मासिक ३ लाख ४६ हजार रुपैयाँ तिर्ने गरी सम्झौता भएको विकास कोषले जनाएको छ । उक्त कम्पनीले पुरानो बक्यौता रकम ६० लाख रुपैयाँमा केही हप्ता पहिले २० लाख रुपैयाँ बुझाए पनि अझै ४० लाख रुपैयाँ तीन बाँकी रहेको खतिवडाले जानकारी दिए।

कोष र उक्त कम्पनीबिच पार्किङ व्यवस्थापनका लागि पाँच वर्षको सम्झौता भए पनि साढे दुई वर्षमा सम्झौता रद्द भएको छ। पशुपति क्षेत्र विकास कोषले दुई पाङ्ग्रे सवारी साधनका लागि रु १० र चार पाङ्ग्रे सवारीका लागि २५ रुपैयाँ पार्किङ शुल्क तोकेर कम्पनीसँग सम्झौता गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको