Like us!
Follow us!
Connect us!
Watch us!

एसियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूको सशस्त्र प्रहरीद्वारा बिदाइ

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, १६ : ४८ मा प्रकाशित

एसियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूको सशस्त्र प्रहरीद्वारा बिदाइ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औँ एसियाली खेलकुद प्रतियोगिता’ अन्तर्गत महिला ह्यान्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियल लगायत बक्सिङ खेलमा सहभागी हुने खेलाडीहरूलाई बिदाइ गरेका छन् ।

 सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा आयोजित कार्यक्रमका बिच अर्यालले बिदाइ गरेका हुन्। सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्गझाओ सहरमा सञ्चालन हुने एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन वन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागी हुने एपीएफका ४ जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाइ गरिएको हो । 

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, नेपाल ह्याण्ड बल संघका अध्यक्ष विश्व बम मल्ल तथा संघका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पुग्ने मात्र नभई समग्र राष्ट्रको समेत पहिचान झल्काउने भएकोले सहभागी सम्पूर्ण खेलाडीहरूबाट अनुशासित तवरले खेल प्रदर्शन गर्नका साथै राष्ट्र र समग्र जनताले खेलाडीहरूबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको