नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको कतिपय आर्थिक प्यारामिटरले मान्य सिद्धान्तलाई चुनौती दिने गरेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अधिकारीले कैयौं इकोनोमिक प्यारामिटरहरुले थ्योरीलाई चुनौती दिने गरेको बताएका हुन् । सबैभन्दा धेरै मनी सप्लाई भएको वर्ष सबै भन्दा कम इन्फ्लेसन भएको उदाहरण दिँदै अधिकारीले त्यसो भनेका हुन् ।
बैंकले कर्जा प्रवाह गरेर अर्थतन्त्र चलायमान बनाउने हो वा अर्थतन्त्र चलायमान भएपछि कर्जाको माग बढ्ने हो भनेर प्रश्न गर्दै गभर्नर अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने कुरा गलत भएको बताए । कर्जा प्रवाह देशको कुल ग्राहस्थ उत्पादन भन्दा उच्च भएको भन्दै कर्जा प्रवाहले मात्रै अर्थतन्त्र चलायमान नहुने उनको दाबी थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस