Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री-गभर्नर बिच नै १२ करोडलाई १५-२० बनाउने सहमति रहेको खुलासा तर अर्थमन्त्री भन्छन,'केहि सम्बोधन भएको छ भनेजति आएन', गभर्नरले भने, ‘बढेको सिमालाई प्रतिशतमा हेर्नुस’

लोकेन्द्र ढकाल

शुक्रबार, १९ असोज २०८०, १७ : १४ मा प्रकाशित

अर्थमन्त्री-गभर्नर बिच नै १२ करोडलाई १५-२० बनाउने सहमति रहेको खुलासा तर अर्थमन्त्री भन्छन,'केहि सम्बोधन भएको छ भनेजति आएन', गभर्नरले भने, ‘बढेको सिमालाई प्रतिशतमा हेर्नुस’

सेयर धितो कर्जाको सिमालाई राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत बिहिबार संशोधन गर्यो । संशोधित सिमालाई लगानीकर्ताले मिश्रित प्रतिक्रिया दिएका छन् । केहिले परिस्थिति अनुसार ठिकै हो भन्दै स्वागत गरेका छन् भने केहिले गभर्नरले फेरि उधारो बाँकि राखेको बताएका छन् । तर संशोधित भएर आएको सिमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारी बिच सोमवार साँझ सिंहदरबारमा भएको सहमति अनुसार नै आएको खुलासा अर्थ संसारलाई प्राप्त भएको छ ।

अर्थमन्त्री डा. महत र गभर्नर अधिकारी बीच राष्ट्र बैंकले ल्याउन लागेको एकिकृत निर्देशनका सम्वन्धमा त्यसदिन दुई घण्टा लामो छलफल चलेको थियो । अर्थमन्त्रीले अब त कुनै कार्यक्रममा जाँदाआँउदा पनि लगानीकर्ताले घेर्न थाले भन्दै धितोपत्र बोर्डको कार्यक्रमवाट फर्कदै गर्दाको परिस्थिति गभर्नर अधिकारीलाई सुनाएका थिए । त्यसपछि गभर्नर अधिकारीले पनि अबको बैंठकमा यसलाई पार्ने विश्वास अर्थमन्त्री डा. महतलाई दिलाएका थिए । त्यसैक्रममा अर्थमन्त्री र गभर्नर बिच १२ करोडको सेयर धितो कर्जा सिमाका सम्वन्धमा केहि समय छलफल चलेका थियो । अर्थमन्त्री डा. महतले सेयर कारोबारलाई अलिक प्राकृतिक तरिकाले चल्ने बनाउनु पनि पर्यो, यसका समस्या पनि सुल्झाउनु पर्यो भन्दै कुरा सुरु गरेका थिए ।

डा. महतले अहिले केहि सिमित टाठाबाठा मान्छेले मात्र कमाउने र आम लगानीकर्ताले गुमाउन थलो बनेको छ भन्दै त्यसलाई नियन्त्रण गर्न र अहिलेको समस्यालाई सम्बोधन हुने गरि अघि बढ्न दिम भन्दै कुरा बढाएका थिए । यसैबिच गभर्नरले १२ करोडको सिमालाई व्यक्तिगत तर्फ १५ र संस्थागत तर्फ २० करोड बनाउन लागेको प्रस्ताव अर्थमन्त्री डा.महतलाई सुनाएका थिए । अर्थमन्त्री डा.महतले तत्कालै व्यक्तिगत तर्फको सिमामा सहमति जनाए तर संस्थागतलाई ठिकै हो र ? भन्दै प्रश्न गरेपछि गभर्नर अधिकारीले राष्ट्र बैंकको अध्ययन अनुसन्धानले निकालेको निष्कर्ष र यसका असरका सम्वन्धमा संक्षेपमा अर्थमन्त्रीलाई बताएका थिए । त्यसपछि अर्थमन्त्री र गभर्नर बिच त्यसैमा सहमति भएको थियो । 

यता, राष्ट्र बैंकको एकिकृत निर्देशन पछि अर्थमन्त्री डा.महतले अर्थ संसारसँग फरक प्रतिक्रिया दिएका छन । उनले भने ‘केहि संम्बोधन भएको छ, मैले भनेजति त गभर्नर ज्युले गर्नु भएन, आगामी दिनमा यसलाई खारेज नै गरेर जानुपर्छ ।’ अर्थमन्त्री महतले सेयर बजार सीमित मानिसको नियन्त्रणमा रहनु नहुने बताए । उनले आम मानिसले कमाउने गरि प्राकृतिक तरिकाले सेयर बजार चल्नुपर्ने बताएका छन् । 

यसैगरि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ संसारसँगको जिज्ञासामा भने, ‘१२ करोडको सिमा संशोधन गरेका छौं, व्यक्तिगतमा १२ लाई १५ करोड हुँदा २५ प्रतिशत धेरै हो, संस्थागतलाई २० हुँदा ६७ प्रतिशत सेयर धितो कर्जाको दायरा बढेको छ ।’ गभर्नर अधिकारीले लगानी गरेको कम्पनी खस्कने र सेयरभाउ मात्र बढ्ने भयो भने त्यो अप्राकृतिक हुन्छ भन्दै सेयरको भाउ प्राकृतिक तरिकाले बढ्यो भने त्यसको बढाइलेलेले स्थायित्व पाउने बताए । गभर्नर अधिकारीले परिस्थितीलाई बुझ्दै, बजारको मागलाई स्वीकार्दै सेयर बजारका क्षेत्रमा रहेका गुनासाहरुलाई सम्बोधन गर्नुपर्छ भन्नेमा राष्ट्र बैंक सधै सकारात्मक रहेको प्रतिक्रिया व्यक्त गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको