Like us!
Follow us!
Connect us!
Watch us!

तलब भत्ता जनताको स्वास्थ्यमा खर्चने घोषणा

शनिबार, १८ कार्तिक २०७४, ११ : ५७ मा प्रकाशित

तलब भत्ता जनताको स्वास्थ्यमा खर्चने घोषणा

अर्थ संसार, अर्घाखाँची–अर्घाखाँचीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका डा रामबहादुर बिसीले आफूले पाउने तलब तथा सेवा सुविधा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुभएको छ ।

आफू स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र सरकारले दिने रु एक लाखले मात्र क्यान्सरको उपचार सम्भव नभएर हजारौँको ज्यान गएको कारण आफू निर्वाचनमा विजय भएमा आफूले पाउने सबै तलब, सेवा–सुविधा क्यान्सर रोगीको उपचारमा खर्च गर्ने बताउनुभयो ।

सन्धिखर्कमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै डा बिसीले जनता जनार्दन भएकाले आफूले पाउने तलब तथा सेवा सुविधा जनताकै नाममा खर्च गर्ने बताउनुभएको हो ।

उहाँले जिल्लालाई नमूना जिल्ला बनाउनका लागि मेरो उम्मेदवारी हो, निर्वाचनमा जनताको मन जित्ने कुरा ठूलो हो भन्नुभयो ।

बिसीले भन्नुभयो “विकास गर्नका लागि उम्मेदवार भएर आएको हँुदा जिल्लाको विकासका लागि निरन्तर लाग्ने र नमूना जिल्ला बनाउने अभियानमा लाग्ने छु । जनताले यसपटक फरक व्यक्ति खोजेकाले मैले जित्ने निश्चित छ ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको