Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ माइक्रोफाइनान्सको IPO निष्काशन गर्ने

आइतबार, १९ कार्तिक २०७४, १३ : ४० मा प्रकाशित

आरम्भ माइक्रोफाइनान्सको IPO  निष्काशन गर्ने

अर्थ संसार, काठमाडौंं– आफूसँग भएको पैसा सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपिओ) आउदैछ ।

यस कम्पनीमा पनि लगानी गर्न सक्नुहुनेछ । कम्पनीले १ सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण सेयर  निष्कासन गर्ने भएको हो । 

।  कम्पनीको कात्तिक १८ गते सम्पन्न तेस्रो बार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो । संस्थाले साधारणसभाबाट जारी पूँजीको ४९ प्रतिशतबाट हुन आउने दुर्इ लाख ९४ हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । 

 एन आई सी एशिया क्यापिटल  बिक्री प्रबन्धक 

कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई सेयर  निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको