अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयधनीलाई सिर्जना फाइनान्सले ३२.५० प्रतिशत बोनस सेयर दिने भएको छ ।
यही कात्तिक ६ गते बसेको सञ्चालक समिति १७७ औं बैठकले ३२.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । फाइनान्सले बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिने जनाएको छ ।
नगद लाभांश प्रस्तावसम्बन्धी उक्त विषय नेपाल राष्ट्र बैंकमा पत्राचार भएको र आगामी वर्षिक साधारण सभाबाट परित भएपछि सेयरधनीले पाउनेछन् ।
प्रतिशत बोनस सेयर दिने फाइनान्सको सेयर कारोबार भने नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले रोक्का गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस