Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन, नेप्से ३ अंकले घट्दा ५१ करोडको कारोबार

सोमबार, २० कार्तिक २०७४, १५ : ५७ मा प्रकाशित

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन, नेप्से ३ अंकले घट्दा ५१ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– धितोपत्र बाजर आज पनि ३.०४ अंकले घटेको छ  । आज १६० कम्पनीका ११ लाख ५७ हजार कित्ता सेयर ४९ करोड ११ लाख रुपैयाँमा खरिद बिक्रि भएको छ ।

  यस दिन होटल ६.०७ अंक जलबिद्युत २.३४ अंक,  फाइनान्स ९.६३ अ.क उत्पादनमुलक ८.६६ अंक र अन्य समूह ०.८७ अंकले बढेका छन् ।

बैंक २.१४ अंक, ट्रेडिङ २.२८अंक, विकास बैंक ११.८९ अंक, बीमा ५१.९३ अंक र लघुवित्त ११.२२ अंकले घटेका छन्।

कारोबारको सुरुवाती समयमा लगातार घटेर १४८० अंकमा ओर्लिएको बजारमा पौने १२ बजेपछि बिस्तारै फर्किन खोजेको थियो ।

तर, पौने एक बजे १५०२ अंक छोएपछि बजारले थप वृद्धि कायम गर्न सकेन । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४७ अंकले घटेर ३१३.७३ अंकमा झरेको छ ।

 सबैभन्दा बढी महुली लघुवित्त विकास बैंकका सेयरधनीले करिब ९ प्रतिशत कमाएका छन् भने  सबैभन्दा बढी सिभिल लघुवित्तका सेयरधनीले करिब ७ प्रतिशत गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको