Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले ल्यायो नयाँ कार्यविधि : सेयर किन्न अब सेयर दलाल कम्पनीले नै पैसा दिने

सोमबार, २० कार्तिक २०७४, १८ : ०४ मा प्रकाशित

धितोपत्र बोर्डले ल्यायो नयाँ कार्यविधि : सेयर किन्न अब सेयर दलाल कम्पनीले नै पैसा दिने

अर्थ संसार, काठमाडौं – धितोपत्र बोर्डले सेयर ब्रोकरहरुलाई मार्जिन लेन्डिङ सुविधा दिएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४’ जारी गर्दै सो सुविधा दिएको हो ।

अब  लगानीकर्ताले मार्जिन लेन्डिङ सुविधा लिएर लगानी गर्न सक्नेछन् ।नेपाल स्टक एक्चेन्जले कार्यविधि  बनाएपछि लगानीकर्तालाई ब्रोकरका माध्यमबाट मार्जिन लेन्डिङ उपलब्ध गराउन पाइनेछ ।

सो सुविधा  उपलब्ध भएपछि सेयर लगानीकर्ता सेयरमा लगानी गर्न पैसा खोज्दै बैंक तथा वित्तीय संस्थामा धाइरहने अवस्थाको अन्त्य हुनेछ ।

तर त्यस्तो  सुविधा लिदा वा दिदा भने केही सर्तहरु पूरा गर्नुपर्नेछ ।जस अनुसार कम्तिमा १० हजार सेयरधनी भएका तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत कम्पनीको सेयर किन्नमात्र मार्जिन ऋण दिन पाइनेछ ।

सेयर  कारोबारसम्बन्धी विवरण ब्रोकरहरुलले भोलीपल्ट १२ बजेसम्म नेप्से र प्रत्येक साता बोर्डलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

लगानीकर्ताको वित्तीय अवस्थाबारे बैंकहरु भन्दा ब्रोकर कम्पनीहरु बढी जानकार हुने भएकाले ब्रोकर कम्पनीले कर्जा प्रवाह गर्दा बैंकलाई कर्जामा जोखिम न्यूनीकरण गर्नसमेत सजिलो हुने विश्लेषण गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको