Like us!
Follow us!
Connect us!
Watch us!

तपाईसँग पैसा छ ? राप्ती हाइड्रोको १२ करोड ५० लाख बराबरको आइपीओ आउँदै

सोमबार, २० कार्तिक २०७४, २० : ५० मा प्रकाशित

तपाईसँग पैसा छ  ?  राप्ती हाइड्रोको १२ करोड ५० लाख बराबरको आइपीओ आउँदै

अर्थ संसार, काठमाडौँ – राप्ती हाइड्रो लिमिटेडले रु  १२ करोड ५० लाख  बराबरको साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले आउदो साधारणसभामा विशेष प्रस्ताव लैजाने गरी उक्त प्रस्ताव तयार पारेको हो ।  राप्तीको साधारणसभा आउदो मंसिर ३ गते राजधानीमा हुने भएको छ । कम्पनीले ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना निर्माण गर्दै छ ।

आयोजनाले स्थानियलाई १० र सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन गर्ने छ ।
साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासनका लागि प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि निष्कासन गरेको अग्राधिकार सेयरलाई आईपीओमा परिणत गर्ने भएको छ । आईपीओमा परिणत गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ ।

आयोजना निर्माणमा कम्पनीले प्राइम कमर्शियल बैंक र सेन्चुरी कमर्शियल बैंकसंग रु ७० करोड ऋण लगानी सम्झौता गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको