Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेलको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

मंगलबार, २१ कार्तिक २०७४, ०८ : २१ मा प्रकाशित

एक्सेलको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार, कात्तिक –एक्सेल डेभलपमेण्ट बैङ्कले २ बराबर १ अनुपातमा निष्कासन गरेकोे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

बैंकले असोज १८ गतेदेखि हकप्रद सेयर निष्कासन खुला गरेको हो । बैंकले सेयरधनीका लागि प्रति सेयर एक सय अङ्कित दरको १९ लाख २२ हजार ८ सय १२ दशमलव ५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

बैंकको भदौ २१ गतेसम्म सेयर किन्ने वा सेयर स्वामित्व भएका सेयरधनीले हकप्रद सेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर खरीदका लागि कम्पनीको सेयर  निष्कासन तथा विक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको