Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्ने क्रम रोकिएन, ९ अंकले घटेको बजारमा ४२ करोडको कारोबार

मंगलबार, २१ कार्तिक २०७४, १५ : ५८ मा प्रकाशित

सेयर बजार घट्ने क्रम रोकिएन, ९ अंकले घटेको बजारमा ४२ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– विगत केहीदिन अघिदेखि निरन्तर घटेको सेयर आज पनि ८.९७ अंकले घटेको छ ।

जम्मा १ सय ५९ वटा कम्पनीका ११ लाख ५७ हजार कित्ता सेयर खरिदविक्री हुँदा ४२ करोड ४४ लाख ४६ हजार ७ सय ५६ रुपौयाँको कारोबार भएको छ ।

यस दिन टे«डिङ समय बाहेक अरु सवै उपसमूहरु राताम्मै भएका छन् । टे«डिङ ०.५९  अंकले बढेको छ ।

यता बैंक ७.४९ अंक, होटल ४६.९४ अंक, विकास बैंक ६.३६ अंक, हाइड्रोपावर २.८५ अंक, फाइनान्स ७.३६ अ.क, इन्स्योरेन्स ४९.७३ अंक, अन्य ४.३४ अंक र माक्रोफाइनान्स १७.६७ अंकले घटेको छ ।


साढे ११ देखि एक घण्टासम्म लगातार १९ अंकले झरेको बजार त्यसपछि केही समय उकालो लागेको पनि १ बजे १४९२ अंकबाट करिब साढे पाँच अंकले घटेपछि बजार बन्द भएको हो ।

घटेको बजारमा ूर्योदय लघुवित्त वित्तिय संस्थाका शेयरधनीले ८ प्रतिशत कमाएका छन भने कावेली विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ७.३१ प्रतिशत गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको