Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले ल्यायो नयाँ योजना : सार्वजनिक निस्काशन थप सहज हुने

मंगलबार, २१ कार्तिक २०७४, १९ : २८ मा प्रकाशित

धितोपत्र बोर्डले ल्यायो नयाँ योजना : सार्वजनिक निस्काशन थप सहज हुने

अर्थ संसार, काठमाडौं – सार्वजनिक निस्काशनलाई थप व्यवहारिक र सहज बनाउने लक्ष्यका साथ धितोपत्र बोर्डले आस्वा निर्देशिका स्वीकृत गरेको छ ।

सार्वजनिक निष्काशन कार्यलाई थप सरल, व्यवस्थीत पारदर्शी बनाउन बोर्डले आस्वामार्फत प्राथमिक बजारमा आवेदन दिनसक्ने व्यवस्थालाई बोर्डले स्वीकृत गरि व्यवस्थित गरेको हो ।

२०७३ माघदेखि संगठित संस्थाको सार्वजनिक निष्काशनमा आवेदन गर्न चाहने लगानीकर्ताले आस्वा मार्फत आवदेन दिनसक्ने व्यवस्था हाल २४०० भन्दा बढी शाखा मार्फत ७५ वटै जिल्लामा उपलब्ध रहेको छ ।

यसै क्रममा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्रस्तुत गरेको ‘धितोपत्र सार्वजनिक निष्काशनको केन्द्रिकृत विद्युतिय सेवा कार्य संचालन निर्देशिका, २०७४’ लाई सबै सरोकारवालाहरु धितोपत्र बजार, बैंक तथा वित्तीय संस्था, मर्चेण्ट बैंकर र निक्षेप सदस्यहरुसँग अन्तक्रिया तथा छलफल गरी परिमार्जन गरिएको उक्त निर्देशिका धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३० बमोजिम बोर्डबाट स्वीकृति प्रदान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको