Like us!
Follow us!
Connect us!
Watch us!

ट्राफिक चेकिङमा अब नागरिक एपबाटै लाइसेन्स देखाए हुने

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, १४ : ५३ मा प्रकाशित

ट्राफिक चेकिङमा अब नागरिक एपबाटै लाइसेन्स देखाए हुने

अब देखि नेपाली नागरिकले ट्राफिक चेकिङका बेला नागरिक एपमा लिङ्क गरिएको लाइसेन्स देखाउँदा मान्य हुने भएको छ ।

ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा नागरिक एपले जनाएको हो ।

नागरिक एपमा लाइसेन्स लिङ्क गर्न पहिले आफ्नो नागरिकता लगायत विवरण प्रविष्ट गर्नुपर्नेछ । त्यसपछि आफ्नो लाइसेन्स नम्बर सब्मिट गरेपछि भेरिफिकेसन पश्चात् लाइसेन्स नागरिक एपमा लिङ्क हुन्छ र चेकिङका बेला देखाउन सकिन्छ ।

पछिल्लो समय लाखौँ लाइसेन्स छाप्न बाकिँ हुँदै छपाई रोकिएपछि डिजिटल लाइसेन्सलाई नै मान्यता दिन जनदबाब बढेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको