Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट माइक्रोफाइनान्सको आईपिओ आफूलाई पर्यो कि परेन ? यसरी यहाँबाट हेर्नुहोस

बुधबार, २२ कार्तिक २०७४, २१ : १३ मा प्रकाशित

सपोर्ट माइक्रोफाइनान्सको आईपिओ आफूलाई पर्यो  कि परेन ? यसरी यहाँबाट हेर्नुहोस

IPO रिजल्टको लागि यहाँ क्लिक गर्नुहोस्

अर्थ संसार, काठमाडौं–  आज सपोर्ट माइक्रोफाइनान्सले निष्काशन गरेको १ लाख ८० हजार कित्ता हजार साधारण सेयरको बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले  साधारण सेयर  बाँडफाँड गरेको हो  ।

 क्यापिटलका अनुसार आईपिओमा कुल २  लाख ३७ हजार ६ सय १७  जनाले आवेदन दिएका थिए । जस मध्ये २ लाख ३५ हजार २ सय ४८  आवेदन योग्य र २३  सय ९६  आवेदन अयोग्य भएका छन् ।

बाँडफाँड मोडल अनुसार कुल योग्य आवेदन मध्ये गोलाप्रथाबाट १६ हजार ७ सय ४० जनाले समान १० कित्ता शेयर पाएका छन्  । अन्य आवेदन भने हात खाली परेका छन् । आईपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ९०० कित्ताको लागि आवेदन परेको एनएमबी क्यापिटलले जनाएको छ  ।  

१ लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात् ३ हजार ६०० कित्ता कम्पनीका कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ।   

आइपिओ निष्काशन निष्काशन तथा वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी ६ करोड रुपैयाँ पुग्ने छ। २०७१ कार्तिक २८ गते सुनसरीको ईटहरीमा स्थापना भएको सपोर्ट माईक्रो फाईनान्सको हाल अधिकृत पूँजी  १५ करोड रहेको छ।

त्यस्तै जारी पूँजी  ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई र १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी र ६ करोड पुग्नेछ ।

5a032787b3314.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको