Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा उर्जायुक्त भवन बनाउन इयुले ३४ करोड ६४ लाख खर्चने

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, १२ : ३६ मा प्रकाशित

नेपालमा उर्जायुक्त भवन बनाउन इयुले ३४ करोड ६४ लाख खर्चने

पोखरा लगायत नेपालभरि उर्जायुक्त घर तथा भवन बनाउन युरोपियन युनियनले ३४ करोड ६४ लाख १५ हजार रुपैयाँ खर्चने भएको छ ।

युरोपियन युनियनका बाह्य निगरानी विशेषज्ञ एरियन होक्साले पोखरामा निर्माण हुने घर तथा भवनहरू ऊर्जायुक्त बनाउने विषयमा नगरप्रमुख धनराज आचार्यसँग छलफल गरेका थिए । छलफलका क्रममा यस सम्बन्धी परियोजना सञ्चालन तथा सहकार्यका लागि आफूहरू तयार रहेको उनले बताए । 

यस परियोजनाले नयाँबन्ने भवनहरूमा जलवायु अनुकूलन, रिट्रोफिटिंग, दिगोपना र नवीनतम प्रविधिहरूको प्रयोग र नवीकरणीय ऊर्जा स्रोतहरूको एकीकरणलाई बढवा दिने विश्वास गरिएको छ । बढ्दो सहरीकरण सँगै घर तथा भवनहरू निर्माणको क्रम तीव्र भइरहेका बेला होक्साको प्रस्ताव सान्दर्भिक रहेको प्रमुख आचार्यले बताए । 

यस सम्बन्धी थप छलफल गरेर मात्र निष्कर्षमा पुगिने उनले बताए । विगत केही दशकहरूमा भइरहेको तीव्र सहरीकरणको मागले गर्दा स्थानीय वातावरणलाई ध्यान नदिई भवनहरू डिजाइन गरिदा भविष्यमा समस्या आउन सक्ने सम्भावनाको अन्त्यका लागि ऊर्जायुक्त भवनहरू निर्माण आवश्यक रहेको उनले बताए । 

नेपालमा यो परियोजना लागु गर्न युरोपियन युनियनले २४ लाख ४३ हजार ५ सय युरो बजेटको व्यवस्था गरेको छ । सोही बजेटअन्तर्गत पोखरामा पनि परियोजना सञ्चालनको सम्भावना खोजिरहेको होक्साले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको