Like us!
Follow us!
Connect us!
Watch us!

चीनमा एक हजार बर्ष पूरानो बर्मेसल्ला भेटियोे

अर्थ संसार

शनिबार, १८ कार्तिक २०८०, १८ : ०७ मा प्रकाशित

चीनमा एक हजार बर्ष पूरानो बर्मेसल्ला भेटियोे

चीनको दक्षिण पश्चिमी युनान प्रान्तमा एक हजार भन्दा पुरानो हिमाली रूख फेला परेको स्थानीय अधिकारीहरूले बताएका छन् । 

जिवित रुख लिंकाङ नदीको लाङ्काङ नदी प्रकृति आरक्षित क्षेत्रको फेङकिङ क्षेत्रमा अवस्थित छ । जीवित रूख करिव १२  मिटर अग्लो तथा १।३२ मिटरको ब्यासमा भएको चेङ्दु विश्व विद्यालयका प्राध्यापक शि सोङलिनले बताए । 

शीले भने, “बर्मेसल्ला अर्थात् यू ढिलो गरी बढ्ने हिमाली बनस्पती हो । यसको पुनःउत्थान क्षमता कमजोर हुन्छ । मैले बर्मेसल्ला प्रजातिको यति ठूलो जीवित रूख पहिलो पटक देखँे ।” 

उनले भने, “यो रूखले फेङ्किङमा यू रूखको काण्डको व्यास र उमेर दुवैमा कृतिमान तोडेको छ र जिवित वातावरणको अध्ययन तथा संरक्षणमा यसको महत्वपुर्ण भूमिका रहेको छ ।”
 
हाल फेङकिङमा एक हजार भन्दा बढी हिमाली यू रहेको अनुमान गरिएको छ । यो दुई हजार ५०० देखि तीन हजार मिटरको उचाइमा हिमाली जङ्गल क्षेत्रमा पाइन्छ ।

हिमालय यु चीनको राष्ट्रिय  प्रथम श्रेणीको संरक्षित वनस्पति हो । यसलाई  अन्तराष्ट्रिय  प्रकृति संरक्षण ९आइयुसिएन० ले खतरामा परेको प्रजातीको सुचीमा समावेश समेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको