Like us!
Follow us!
Connect us!
Watch us!

एक लाख ८० हजार कित्ता आईपीओ जारी गर्दै गुराँस लघुवित्त

विहीबार, २३ कार्तिक २०७४, ०८ : २६ मा प्रकाशित

एक लाख ८० हजार कित्ता आईपीओ जारी  गर्दै गुराँस लघुवित्त

अर्थ संसार, काठमाडौं–   गुराँस लघुवित्तले एक लाख कित्ता सेयर साधारण सेयर  (आइपिओ) निष्काशन गर्ने भएको छ । संस्थाको साधारण सेयर  जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित  भैसकेको छ ।

लघुवित्तको होटल प्यासिफिकमा सम्पन्न दोस्रो बार्षिक साधारण सभाले कम्पनीको हाल कायम रहेको २ करोड ८० लाख रुपैयाँको चुक्ता पूँजीको ५० प्रतिशत संस्थापक हकप्रद जारी गरि चार करोड २० लाख रुपैयाँ चुक्ता पूँजी कायम गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

लघुवित्तको वृद्धि भएपछि कायम हुने ६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबरको एक करोड ८० लाख रुपैयाँको एक सय रुपैयाँ अंकित दरको एक लाख ८० हजार कित्ता आईपीओ सेयर जारी गर्ने कार्यलाई अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको