Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने राप्रपाको निर्णय

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, १६ : ३७ मा प्रकाशित

भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने राप्रपाको निर्णय

उक्त बैठकमा भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीको संयोजकत्वमा र रुकुम पश्चिमका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय समेत गरेको छ ।

    सो पार्टीको आजको बैठकमा पार्टीले भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिमका कार्यक्रम आगामी मंसिर १५ गतेसम्मका लागि र  आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रम कात्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको