Like us!
Follow us!
Connect us!
Watch us!

'पुतली बाजे' कलिन स्मिथलाई नेपालको राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, १३ : १२ मा प्रकाशित

'पुतली बाजे' कलिन स्मिथलाई नेपालको राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो

कलिन स्मिथ अर्थात् ‘पुतली बाजे’ लाई सोमबार पोखरामा नेपालको राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

स्मिथको ८८ वर्षको उमेरमा आइतबार निधन भएको थियो । सन् १९३६ मा जन्मिएका कलिन ३० वर्षको युवा उमेरमा सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल आएका थिए । उनको उपचारका क्रममा हरियो खर्क अस्पतालमा निधन भएको हो । 

सानैदेखि हिसाब र विज्ञानमा तीक्ष्ण क्षमता भएका कलिन आफ्नै मामाको पुतली सङ्कलन गर्ने सोखबाट प्रभावित हुँदै नेपालमा पुतलीको अध्ययनमा लागेका व्यक्ति हुन् । नेपालका डाँडाकाँडा, भीर पाखा र पखेरा पुगेर पाँच सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरी पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङ्ग्रहालयको स्थापना गरेका छन् । पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उनले अतुलनीय योगदान गरेका छन् ।

कलिन स्मिथको योगदानको कदर गर्दै नेपाल सरकारले २ डिसेम्बर २०१९ मा उनलाई सम्मानित नागरिकको दर्जा दिँदै सम्मानार्थ नागरिकता समेत प्रदान गरेको छ ।  उनी विगत लामो समयदेखि पोखरा १८ लामागाउँमा बस्दै आएका थिए । 

स्व.कलिनको अन्तिम बिदाइ तथा श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर आज बिहान १० बजे  पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको बटरफ्लाई म्युजियमको प्राङ्गणमा राखिएको छ । क्रिश्चियन परम्परा अनुसार उनको अन्तिम संस्कार हुनेछ ।

उनको निधनले आफू निकै दुखी भएको भन्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले श्रद्धाञ्जली सहित गहिरो समवेदना प्रकट गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको