Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओमा लगानी थप सहज बन्दै, यस्तो आयो नयाँ निर्देशिका

विहीबार, २३ कार्तिक २०७४, १६ : ४४ मा प्रकाशित

आइपिओमा लगानी थप सहज बन्दै, यस्तो आयो नयाँ निर्देशिका

अर्थ संसार, काठमाडौँ – सार्वजनिक निष्काशनलाई थप सरल, व्यवस्थीत र पारदर्शी बनाउनका लागि केन्द्रीय निक्षेप प्रणालीले नयाँ निर्देशिका स्वीकृत गरेको छ ।

निर्देशिका आए लगत्तै सार्वजनिक लगानी थप व्यवस्थित र पारदर्शी हुने सरोकारवाला बताउँछन् । धितोपत्र बोर्डले ‘धितोपत्र सार्वजनिक निष्काशनको केन्द्रीकृत विधुतीय सेवा कार्य सञ्चालन निर्दे्शिका, २०७४’ लाई स्वीकृत गरेको हो ।

 यसबाट सेन्ट्रल आश्वा थप प्रविधिमैत्री बनाउँदै धेरै भन्दा धेरै लगानीकर्ता लाभान्वित हुने देखिएको छ ।
धितोपत्र बोर्ड तथा केन्द्रीय निक्षेप प्रणालीले पनि थप सहज लगानीका लागि मार्गप्रशस्त गर्ने व्श्विास लिएका छन् ।

यही कात्तिक १९ गते आइतबार बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले त्यस्तो निर्देशिका स्वीकृत गरेको हो ।

धितोपत्र बोर्डले २०७३ माघ देखि नै संगठित संस्थाको सार्वजनिक निष्काशनमा आवेदन गर्न चाहने लगानीकर्तालाई अनिवार्य रुपमा आस्वा प्रणालीबाट आवेदन गर्ने व्यवस्था गरेको थियो ।

हाल सो प्रणाली ७५ जिल्लामा नै लागू भएको छ । ती जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाका २ हजार ४ सय बढी शाखाहरुबाट आस्वा प्रणाली लागू भइरहेको छ ।

अहिले लगानीकर्ताले प्रयोग गरिरहेको आस्वालाई आधुनिक बनाउन सबै सरोकारवाला निकायबीच छलफल भएको र सोही आधारमा निर्देशिका ल्याइएको बताइन्छ ।

धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३० बमोजिम बोर्डले निर्देशिका स्वीकृत गरेको हो ।

नयाँ निर्देशिकाअनुसार धितोपत्र खरिद सम्बन्धी दरखास्तको आवश्यक जाँचबुझ गर्न सहज हुने छ ।
त्यसै गरी हितग्राही खाता रुजु गर्नुका साथै सम्पूर्ण निष्काशन प्रक्रियामा संलग्न निकायहरुले प्रदान गर्ने सेवामा समन्वय कायम गर्न समेत सहज हुने नयाँ निर्देशिकामा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको