Like us!
Follow us!
Connect us!
Watch us!

करिब रु ६ करोडको लागतमा धर्मशाला निर्माण शुरु

शुक्रबार, २४ कार्तिक २०७४, ०९ : ०२ मा प्रकाशित

करिब रु ६ करोडको लागतमा धर्मशाला निर्माण शुरु

अर्थ संसार, काठमाडौँ–  कुपण्डोलस्थित गुरुद्वार नानक सत्सङ्ग संरक्षण समितिले सोही परिसरमा करिब रु ६ करोडको लागतमा धर्मशाला निर्माण गर्न लागेको छ ।

करिब चार हजार वर्गफिटको क्षेत्रफलमा फैलिएको उक्त धर्मशाला भूकम्प प्रतिरोधात्मक अत्याधुनिक सेवासुविधासहित ३५ कक्ष तथा चार तल्लाको हुनेछ । करिब १ वर्षको समयावधिमा निर्माण पूरा गरिने धर्मशालामा स्वदेशका विभिन्न स्थान तथा अन्य मुलुकबाट काठमाडौँ तीर्थयात्रामा आएका यात्री बसोबास गर्न पाउनेछन ।

शिख धर्मका संस्थापक गुरु नानकले अहिंसा, सामाजिक सद्भाव, मानव कल्याणका लागि सामाजिक सेवामा क्रियाशील रहन सर्वसाधारण मानिसलाई अभिप्रेरित गर्नुभएको सम्बन्धित धर्मावलम्बीको विश्वास पाइन्छ । काठमाडौँका विभिन्न स्थानमा गुरु नानक आउनुभएको र अनुयायीलाई धार्मिक शिक्षा दिनुभएको विश्वास छ ।

समितिका अध्यक्ष प्रितम सिंहले काठमाडौँको पाशुपत क्षेत्र, थापाथली, बालाजुलगायत स्थानमा प्राचीन गुरुद्वार रहेको र तिनको दर्शन गर्न आउने यात्रीको सहजतालाई ध्यानमा राखेर सो भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

सोही संस्थाका सचिव हरपाल सिंहले स्वदेश तथा विदेशमा छरिएर बसेका शिख धर्मावलम्बीबाट चन्दा संकलन गरी धर्मशाला निर्माण गर्न शुरु भएको बताउँदै सो धर्मावलम्बीका विभिन्न स्थानमा रहेका सम्पदा संरक्षणमा जोड दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको