Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको कारोबार प्रणालीमा प्राविधिक समस्या आउँदा सेयर कारोबार रोकियो, प्रिओपन कारोबार भएन

अर्थ संसार

बुधबार, १३ मंसिर २०८०, ११ : ३० मा प्रकाशित

नेप्सेको कारोबार प्रणालीमा प्राविधिक समस्या आउँदा सेयर कारोबार रोकियो, प्रिओपन कारोबार भएन

नेपाल स्टक एक्सचेञ्ज नेप्सेको कारोबार प्रणालीमा प्राविधिक समस्या आउँदा पहिलो आधा घन्टा सेयर कारोबार ठप्प जस्तै भएको छ ।

नेप्सेको वेबसाईटमा जारी सूचनामा "प्राविधिक समस्याका कारण आज मिति २०८०।०८।१३ गते प्रारम्भिक सत्रको कारोबार हुन सकेन । नेप्सेको प्राविधिक समूह नियमित सत्र सञ्चालनका लागि प्रयासरत रहेको जानकारी गराउँदै यसबाट पर्न गएको असुविधाका लागि नेप्से क्षमा प्रार्थी छ ।" लेखिएको छ तर स्रोतका अनुसार नेप्सेको कार्यालय परिसरमा विद्युत आपूर्तिमा समस्या आउँदा प्रणालीमा समस्या देखिएको हो ।

प्रणालीमा समस्या आएपछि आज प्रारम्भिक सत्र अर्थात प्रिओपनको कारोबार भएन । समस्याको समाधान भएसँगै अहिले भने कारोबार सुचारु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको