साताको सेयर कारोबार हुने तेस्रो दिन सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्ला दिनहरुमा लगातार रुपमा बढेको नेप्से परिसूचक आज भने १३ अंकले घटेर बन्द भएको हो ।
आज सेयर बजार परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा पुगेको छ । सेयर बजारमा लगातार ६ दिनको वृद्धिमा आज ब्रेक लागेको हो । आज सेयर बजारमा १९८ कम्पनीको सेयर मूल्य घटेको छ । आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.१० अंकले घटेर ४७०.३१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने दुई वटाको मात्रै बढेको छ । परिसूचक घटेको दिन कारोबार पनि घटेको छ ।
आज सेयर बजारमा ५ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ६ अर्ब ६७ करोड माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३४६ कम्पनीका १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर ५६ हजार ९४ पटक खरिद बिक्री हुँदा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस