Like us!
Follow us!
Connect us!
Watch us!

लगातार तेस्रो दिन घट्यो सेयरबजार, कारोबार रकममा पनि गिरावट

अर्थ संसार

बुधबार, १३ मंसिर २०८०, १५ : ५३ मा प्रकाशित

लगातार तेस्रो दिन घट्यो सेयरबजार, कारोबार रकममा पनि गिरावट

आइतबार ४७ अङ्कले बढेको सेयर बजार त्यसपछि भने लगातार तीन दिनसम्म घटेको छ । सोमबार ११.२७ अङ्कले घटेको नेप्से मङ्गलबार २.१७ अङ्क र बुधबार थप १७.९३ अङ्कले घटेको हो ।

आज १७.९३ अङ्कले घटेर नेप्से परिसूचक १८७६.६० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब २८ करोड २ लाख २८ हजार नौ सय ७१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि घटेर एक अर्ब एक करोड ४१ लाख ९५ हजार पाँच सय ७५ रुपैयाँमा सीमित भएको छ । बजार सँगै आज कारोबार रकममा गिरावट आएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ विजय लघुवित्त रह्यो । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये बुद्धभूमी हाइड्रो, अभियान लघुवित्त, माहुली लघुवित्त, श्वेतगङ्गा हाइड्रो र युनिलिभर रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज अन्य उपसूचक मात्रै ०.१६ प्रतिशतले बढ्दा बाकिँ सबै उपसूचकमा गिरावट आयो । आज उत्पादन उपसूचक सर्वाधिक २.१३ प्रतिशतले घट्दा ननलाइफ उपसूचक १.५३ प्रतिशत र लाइफ इन्स्योरेन्स उपसूचक १.५२ प्रतिशत घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको