Like us!
Follow us!
Connect us!
Watch us!

अब ओइरिन्छ वैदेशिक लगानी अनि तिम्रो अर्थतन्त्र धान्दिन्छ निजी क्षेत्रले, यस्तै हर्कत गर्दै जाउ न ।

देव गुरागाईँ

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, २० : ४४ मा प्रकाशित

अब ओइरिन्छ वैदेशिक लगानी अनि तिम्रो अर्थतन्त्र धान्दिन्छ निजी क्षेत्रले, यस्तै हर्कत गर्दै जाउ न ।

Ncell दुई वर्ष अघि प्रतिकित्ता १ लाख २४ हजार, अहिले कसरी ८ हजार रे ?

HDL दुई वर्षअघि प्रतिकित्ता ८ हजार, अहिले कसरी १६ सय ?

NLIC दुई वर्षअघि प्रतिकित्ता ३ हजार, अहिले कसरी ५ सय ५० ?

STC दुई वर्षअघि प्रतिकित्ता १३ हजार, अहिले कसरी ५ हजार ?

SCB पन्ध्र वर्षअघि प्रतिकित्ता ९ हजार, अहिले कसरी ५ सय ?

Ncell काे भाउ तिमीले भने जतीनै हुनु पर्ने भन्ने लाग्थ्याे भने बजारमा सुचिकृत हुन किन प्राेत्साहित गरेनाैं  ? सुचिकृत गरेको भए NCELL को भाउ बजारले निर्धारण गर्थ्याे त यत्रो वर्ष के हेरेर वस्याै ?

अनि ओठे भाउ राख्याे भनेर काेलाहल गर्छाै ? कर लाग्ने, कति लाग्ने, कर तिराउने दायित्व कस्काे हाे तिम्रो होइन? सकभर कर तिर्न नपरे हुन्थ्याे भन्ने त कसलाई लाग्दैन र ? 

धन्न एउटा विदेशी लगानी आईदियो, एउटा व्यवसाय सफल रुपमा सञ्चालन गर्यो । एउटा राम्रो, मजबुद संस्था बनायो । त्यसले धेरै रोजगारी सृजना गरिरहेको छ । टेलिकम क्षेत्रमा राम्रो सेवा दिईरहेको छ । प्रतिस्पर्धात्मक बजार बनाइदिएको छ । व्यवसाय कर, आय कर तथा अन्य कर तिरिराख्या छ । यदि तिमीहररुले सक्थेउ भने UTL, SMART CELL  पनि चलाउथेउ होला नि । देखियो त ती कम्पनीको हालत के छ भनेर । 

वैदेशिक लगानी भित्राएर Ncell ले अलि अलि के कमाएको थियो त्यो देखि सकेनौं हैन ? आफ्नो आङको भैसी देख्दैनौ तिमी अनि अरुको आङको जुम्रा केलाएर वस्छौ  हैन? के तिमी सद्धे छौ? के तिमीले बनाएका निती सद्धे छन्? के तिमिले गर्ने कृयाकलाप सही छन् ? आफु तिर औला सोझ्याएर सोच त ।

वैदेशिक लगानी भित्र्याउने भनेर खुब भाषण गर्छौं हैन ? भाषण गरेर मात्र वैदेशिक लगानी आउदैन महोदय, रेड कार्पेट ओछ्यार विदेशीलाई स्वागत गर्न र रेड कार्पेट ओछ्याएरनै विदाइ गर्न पनि सिक।

 तिमिहरूलाइ बैदेशिक लगानी चाहियाे हैन? निजी क्षेत्र मजबुद चाहियो हैन? अव ओइरिन्छ वैदेशिक लगानी अनि तिम्रो अर्थतन्त्र धान्दिन्छ निजी क्षेत्रले, यस्तै हर्कत गर्दै जाउ न ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको