Like us!
Follow us!
Connect us!
Watch us!

पाँच कम्पनीको हकप्रद सेयर बोलकबोलमा, कुनको कति ?

आइतबार, २६ कार्तिक २०७४, १३ : ५६ मा प्रकाशित

पाँच कम्पनीको हकप्रद सेयर बोलकबोलमा, कुनको कति ?

अर्थ संसार, काठमाडौं– सेयर बजारमा पाँच कम्पनीको हकप्रद सेयर बोलकबोलमा छ । हकप्रद निष्काशनको समयमा विक्री नभएको बाँकी हकप्रद सेयर बोलकबोलमा राखिएको हो । 

नेपाल ग्रामिण विकास बैंक, रुरल मा.फा. डेभलपमेन्ट सेन्टर, सप्तकोसी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र हिमालय जनरल इन्सयोरेन्स कम्पनीको हकप्रद सेयर बोलकबोलमा राखिएको हो ।

कुनको कति ?

नेपाल ग्रामिण विकास बैंक

यस बैंकको संस्थापक तर्फको १ लाख ९१ हजार ९९२ कित्ता सेयर बोलकबोलमा राखिएको छ । यही कात्र्तिक २० गतेदेखि विक्री सुरु भएको हकप्रद सेयर मंसिर ६ गते सम्म लगानीकर्ताले बोलपत्र पेस गर्न सक्नुहुनेछ । लगानीकर्ताले हकप्रद सेयरको बोलकबोल एनआइबिएल क्यापिटल मार्केट्सबाट पेस गर्न सक्नुहुनेछ ।

रुरल माइक्रोफाइनान्स .डेभलपमेन्ट सेन्टर

यसकम्पनीको संस्थापक तर्फको १४ हजार ६४१ कित्ता हकप्रद सेयर कार्तिक २१ गतेदेखि बोलकबोलमा राखिएको छ । लगानीकर्ताले एनआइबिएल क्यापिटल मार्केट्सबाट मंसिर ७ गतेसम्म बोलकबोल पेस गर्न सक्नुहुनेछ ।

सप्तकोसी डेभलपमेन्ट बैंक

कात्तिक २२ गते देखि यस बैंकको संस्थापक तर्फको ८ लाख १६ हजार ६७७ कित्ता हकप्रद सेयर बोलकबोलमा राखिएको छ । एनएमबी क्यापिटल लिमिटेडबाट लगानीकर्ताले कात्तिक २९ गतेसम्म पेस गर्न सक्नुहुनेछ ।

मुक्तिनाथ विकास बैंक

संस्थापक तर्फको २७ हजार ७६५.५१ कित्ता र सर्वसाधारण तर्फको १ लाख ३५ हजार ०३७.५३ कित्ता हकप्रद सेयर बोलकबोलमा राखिएको छ । लगानीकर्ताले कात्तिक ३० गतेसम्ममा एनआइबिएल क्यापिटल मार्केट्सबाट उक्त बोलकबोल पेस गर्न सक्नुहुनेछ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी

यस कम्पनीको ७१ हजार ५३० कित्ता हकप्रद सेयर बोलकबोलमा राखिएको छ । कात्र्तिक २७ गतेदेखि सुरु भएको उक्त बोलकबोल एनएमबी क्यापिटल लिमिटेडबाट मंसिर ४ गतेसम्म लगानीकर्ता बोलकबोलमा सहभागि हुन सक्नेछन् ।

यो पनि पढ्नुहोस्

महुली सामुदायिक लद्युवित्तको ५० प्रतिशत बोनसपछि मूल्य समायोजन

कैलाश विकास बैंकले १९.५० प्रतिशत लाभांश दिने

तनहुँ सेतीले पायो १०४ मेगावाटको अर्ध जलशाययुक्त आयोजनाको लाइसेन्स 

सिनर्जी पावरको साधारणसभा १६ गते, बुक क्लोज कहिले ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको