Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दा हारेपछि सानिमा बैंक, नेको इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकले तिरे करिब १८ करोड कर

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, १२ : १४ मा प्रकाशित

मुद्दा हारेपछि सानिमा बैंक, नेको इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकले तिरे करिब १८ करोड कर

मर्जर र एफपीओको कर सम्बन्धि मुद्दा हारेपछि सानिमा बैंक, नेको इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकले कर तिरेका छन् ।

सानिमा बैंकले एक सूचना जारी गर्दै आर्थिक ऐन २०८० बमोजिमको विशेष व्यवस्थाको सुविधा लिई ६ करोड ५३ लाख ८९ हजार सात सय ५७ रुपैयाँ ठूला करदाताको कार्यालयमा दाखिला गरेको जनाएको छ । यसैगरी नेको इन्स्योरेन्सले चार करोड ४८ लाख १३ हजार छ सय ४७ रुपैयाँ र मुक्तिनाथ विकास बैंकले ६ करोड ९६ लाख ३० हजार छ सय २६ रुपैयाँ कर ठूला करदाताको कार्यालयमा तिरेको जानकारी दिएका छन् ।

एफपिओ तथा मर्जर तथा एक्विजिसनमा जाँदा भएको बार्गेन पर्चेज गेनमा सरकारले कर लगाउने गरि आर्थिक ऐन २०८० मा गरेको व्यवस्थाविरुद्ध वाणिज्य बैंक र बीमा कम्पनीहरुले दर्ता गरेको रिट सर्वोच्च अदालतले बिहीबार खारेज गरिदिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको